चतरा : सुनसरीको चतरा धाममा नेपाली सेना कृष्ण दल गण इटहरीले सरसफाइ गरेको छ।

नेपाली सेनाको एनसिसि कार्यक्रमको चौथौँ वार्षिक उत्सव कार्यक्रम अवसरमा शुक्रवार वराहक्षेत्र नगरपालिकाको जगनाथ डेजराज जनता माध्यमिक विद्यालय र जीवन ज्योति इङ्लिस स्कुलमा एनसिसि तालिम सहभागी बिद्यार्थीहरुले सरसफाइ गरेको नेपाली सेना कृष्ण गणका गणपति अर्जुन दुलालले बताए।

स्वाभिमानी नागरिक तथा सभ्य र सुसंस्कार समाज हाम्रो अभियान, यौन हिंसा सदाको लागि अन्त्य गरौँ, छोरीको संस्कार र शिक्षामा जोड गरौँ, दाइ प्रथाको अन्त्य गरौँ जस्ता नारा दिएर एनसिसि तालिम सहभागी बिद्यार्थीहरुले चतरा बजारमा मार्चपास समेत गरेका थिए।

किशोर तथा किशोरीहरूलाई राष्ट्र भाव र संस्कारी बनाउन एनसिसि तालिम आयोजना गरेको र यसले बिद्यार्थीहरुलाई अनुशासित बनाउने नेपाली सेना कृष्ण गणका गणपति अर्जुन दुलालले बताए। हाल वराहक्षेत्र नगरपालिका वडा नं ५ मा रहेको जगनाथ डेजराज जनता माध्यमिक विद्यालयमा १८ जना छात्र र १८ जना छात्रा तथा जीवन ज्योति इङ्लिस स्कुलमा १८ जना छात्र र १८ जना छात्रालाई सेनाले एनसिसि तालिममा सहभागी रहेका छन्।

हालखोलाबाट सुरु भएको मार्चपास वयरबन बजारहुँदै चतराधाम जगद्गुरु पीठमा सम्पन्न भएको थियो । मार्चपास पछि भएको सरसफाइ कार्यक्रममा कृष्ण दल गुणका सेना , सशस्त्र प्रहरी वेश क्याप चतराका सशस्त्र प्रहरी , इलाका प्रहरी कार्यालयका प्रहरी , ट्राफिक प्रहरी एवम् भूपू सेनाहरूको सहभागिता रहेको थियो।