धरान : नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) पूर्वाञ्चल शाखाको अध्यक्षमा प्रकाश लकान्द्री निर्वाचित भएका छन्।

शाखाको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट धरानको टप युनिर्भशल एकेडेमीका सञ्चालक समेत रहेका लाकान्द्री निर्विरोध निर्वाचित भएका हुन । नेपाल शैक्षिक परामर्श सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेको प्रमुख आतिथ्यमा धनकुटाको हिले स्थित माउन्ट होराईजन रिसोर्टमा सम्पन्न साधारण सभाले २ बर्षकालागी नयाँ कार्यसमिति चयन गरेको छ ।

नेपाल शैक्षिक परामर्श सङ्घ पूर्वाञ्चल शाखाको उपाध्यक्षमा दीपक गौतम, सचिवमा रबी कुमार गुप्ता, कोषाध्यक्षमा हेम जिवान निरौला, सदस्यहरूमा दुर्लभ कार्की, रोजन थापा र गोपाल निरौला निर्वाचित भएको नवनिर्वाचित सदस्य दुर्लभ कार्कीले जानकारी दिए।

कार्यक्रममा नेपाल शैक्षिक परामर्श सङ्घ केन्द्रीय, उपाध्यक्ष शेषराज भट्टराई, केन्द्रीय सचिव वासुदेव दाहाल, सहसचिव कर्ण गुरुङ, केन्द्रीय सदस्य पुष्प राज भट्टराई, पूर्वाञ्चल शाखाको सल्लाहकार संयोजक कमल तिम्सिना लगायतको उपस्थिति रहेको थियो।

अध्यक्षमा निर्वाचित भएका लाकन्द्रीले उपस्थित सबैमा कृतज्ञता प्रकट गर्दै सबैको सल्लाहमा कार्य गर्ने बताए ।

purwanchal-ecan-1