धरान : बैङ्किङ कसुर मुद्दामा फरार भएका धरान-१३ का ३८ वर्षीय मुन्ना थापालाई प्रहरीले पक्राउ गरेको छ।

उच्च अदालत विराटनगरले मिति २०७६/०१/१६ गतेको गरेको फैसला अनुसार थापालाई १ वर्ष ६ महिना कैद र चार लाख पचास हजार सात सय छैसठ्ठी रुपैयाँ जरिवाना तोकिएको थियो। सजाय र जरिवाना नतिरि हाल सम्म फरार रहँदै आएका थापालाई १ नं प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज बिहान पक्राउ गरेको हो।

पक्राउ परेका थापालाई सुनसरी जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागी आजै कारागार चलान गरेको प्रहरीले जानकारी दिएको छ।