मोरङ : मोरङको रङ्गेली नगरपालिका २ का चन्द्र उराउको २१ महिनाकि छोरी युनिसा उराउलाई कर्तव्य गरी ज्यान मार्ने कसुरमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रङ्गेली नगरपालिका २ का ४६ वर्षीय सैनी उराउ र ३५ वर्षीय सङ्गीता उराउ रहेका छन।

गत मङ्सिर २६ गते २१ महिनाकी युनिसा उराउ घरबाटै हराई बेपत्ता भएकी थिइन । खोज तलासको क्रममा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले युनिसाको लास घर नजिकै पैनीमा गाडेको अवस्थामा मङ्सिर २८ गते फेला परेको थियो।

पक्राउ परेका दुवै जनालाई सम्मानित मोरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।