झापा : झापाको बिर्तामोड नगरपालिका-१ मा ट्रकको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा झापा शिवसताक्षी-१० का ४० वर्षीय यामनाथ राय रहेका छन्। हिजो राती ८ बजे बिर्तामोड १ स्थित पूर्व पश्चिम राजमार्गमा मे १ ख १९५२ नम्बरको ट्रकले रायलाई ठक्कर दिँदा घाइते भएका रायको बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा बिहान पौने ४ बजे मृत्यु भएको थियो।

दुर्घटनामा संलग्न ट्रक र चालक इलाम सन्दकपुर-३ का रोशन लिम्बुलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।