धरान : सुनसरीको वराहक्षेत्र नगरपालिका-२ बाट नियन्त्रित लागुऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी वराहक्षेत्र नगरपालिका-२ का ३८ वर्षीय कालु बहादुर राई रहेको प्रहरीले जानकारी दिएको छ।

हिजो बेलुका साँढे ५ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलिले राईको साथबाट डाइजेपाम ३१ एम्पुल, लुपिजेसिक, एम्पुल ३० एम्पुल, फेनारगन ३३ एम्पुल सहित पक्राउ गरिएको हो।

पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय चतराबाट थप अनुसन्धान भइरहेको बताइएको छ।