झापा : झापाको गौरीगञ्ज गाउँपालिका १, महाभारामा दुई बालिका अलपत्र अवस्थामा फेला परेका छन् । प्रहरी चौकी महाभाराका प्रहरी सहायक निरीक्षक धर्मराज रेग्मीका अनुसार उनीहरूको स्थायी ठेगाना खुल्न सकेको छैन।

शनिवार साँझ ६ बजे भेटिएका शर्मिला रोक्का नाम बताउने बालिकाले बुबाको नाम दीपक रोक्का बताएकी छिन्।

एलिसा रम्तेल नाम बताउने बालिकाले बुबाको नाम दीपेश रम्तेल बताएको प्रहरीले जनाएको छ। उनीहरूको उमेर अन्दाजी ९ वर्ष भएको बताइएको छ। प्रहरीले उनीहरूलाई चिन्नेलाई सम्पर्कका लागि ९८१६३८४८५९ नम्बर उपलब्ध गराएको छ ।