धरान : धरानमा साक्षरता दिवसको अवसरमा हेन्डराइटिङ प्रतियोगिता सम्पन्न भएको छ ।
धरान-११ गैरी गाउँ स्थिति सुकुम्वासी बस्तीमा सम्पन्न प्रतियोगिता रोट्रयाक क्लब अफ धरानले आयोजना गरेको हो ।
कक्षा ३ देखि ५ सम्मको समूहमा नेपाली र अङ्ग्रेजी हेन्डराईटिङ्गमा अन्वेषण राई पुरस्कृत भएका छन् । ६ कक्षा देखि ८ कक्षाको नेपाली हेन्ड राइटिङ्गमा रेविका राई र अङ्ग्रेजीमा दीक्षा तामाङ उत्कृष्ट भएका थिए । कक्षा ९ देखि १२ सम्मकोमा नेपालीमा पेमा बराइली र अङ्ग्रेजीमा आस्मा बराइली प्रथम भएका थिए ।
उत्कृष्ट हेन्डराइटिङ्ग भएकाहरूलाई मेडल, प्रमाणपत्र र पुरस्कार रोट्रयाककी अध्यक्ष डा. रेविका श्रेष्ठ लगायतले प्रदान गरेका थिए । प्रत्येक वर्ष सेप्टेम्वर ८ मा विश्व साक्षरता दिवस मनाउने गरिएको छ । हाल विश्वभर ७७ करोड भन्दा बढी मान्छे निरक्षर रहेको अध्ययनले बताएको छ ।
हेन्डराइटिङ्ग प्रतियोगितामा जम्मा ५५ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो । ती बिद्यार्थीहरु टोल विकास संस्था र सुनौलो सक्षम महिला समूह बाट सञ्चालित निःशुल्क ट्युसन कक्षामा समेत अध्ययनरत छन् ।
पुरस्कारको सौजन्य रोटरी क्लब अफ धरानका अध्यक्ष रूपक शाक्यले गरेका थिए भने प्रमाणपत्रको सौजन्य हर्षित अग्रवालले गरेका थिए ।








































































