धरान : अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ चिन्ह प्राप्त प्रदेश नं. १ मा पहिलो र एक मात्र स्कुल तथा कलेज नेशनल एकेडेमी सेकेण्डरी स्कुल तथा कलेजले भदौ २ गते देखि ८ गते सम्म सञ्चालन गरेको भर्ना सप्ताहमा ४८ प्रतिशत विद्यार्थी भर्ना भएका छन् ।
एजुकेसन, ह्युमेनिटिज र मेनेजमेन्ट सङ्कायको पढाई सञ्चालन गरिरहेको कलेजले ६ प्रकारको छात्रवृत्ति प्रदान गरिरहेको छ ।
हरेक सङ्कायमा ७ जनाको दरले २१ जनालाई ग्रामीण छात्रवृत्ति दिइरहेको कलेजले स्पेसल स्कलरसिप, स्कुल टप स्कलरसिप, स्कुल जेहेन्दार विद्यार्थी स्कलरसिप, सहरी सामुदायिक स्कुल जेहेन्दार स्कलरसिप र सेल्फ मेरिट स्कलरसिपमा क्रमशः १५/१५ जनालाई छात्रवृत्ति दिएको कलेजका सिईओ देव सुब्बाले बताएका छन् ।
उनले गुणस्तरीय शिक्षामा सबै खालका विधार्थीहरुको पहुँच पुगोस् भन्ने उद्देश्यले छात्रवृत्तिको व्यवस्था गरिएको बताएका छन् ।
अरू कलेजमा भन्दा भिन्न शान्त शैक्षिक वातावरण, ५० मिनेटको कक्षा, विधार्थीहरुको व्यक्तित्व विकासका लागि विभिन्न क्लबको अभ्यास, आइटीमय शैक्षिक वातावरण, अडोटोरियम हल, अन्तर्राष्ट्रिय मापदण्ड आदीले यहाँ पढ्न आउने विधार्थीहरुको भविष्य उज्ज्वल रहेको उनले दाबी गरे ।
अध्ययन गर्ने सबै विद्यार्थीहरूले आईएसओ अङ्कित प्रमाण पत्र पाउने जसको महत्त्व विश्व बजार मा बेग्लै हुने र सहजै विभिन्न अवसरहरू पाउने, विधार्थीहरुको भविष्यमा विश्व बजारमा हुने प्रतिस्पर्धालाई यसले सहज बनाउने कलेजका प्रिन्सिपल श्रीशीशा राईले बताए ।
यस कलेजमा अन्य कलेजहरूले लिने शुल्कमै विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरको शिक्षा सर्वसुलभ दरमा पाउने उनले बताए । छात्रवृत्तिका केही कोटा बाँकी रहेको र त्यसमा आगामी दिनमा पनि विद्यार्थीहरूलाई भर्ना गर्न सकिने उनले बताए ।
नेशनल कलेज धरानमै फरक ढङ्गबाट व्यवहारिक शिक्षा दिने शैक्षिक संस्था हो । यस कलेजले यस वर्षदेखि कक्षा ११ मा राई बान्तावा, लिम्बु र नेवारी भाषामा कक्षा सञ्चालन गर्ने बताइसकेको छ । यसको सम्पूर्ण तयारी पुरा भएको प्रिन्सिपल राईले बताए ।

































































