धरान : धरान-८ स्थित कोसी लोकमार्गमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको सवारी साधन दुर्घटना भएको छ ।
मङगलबार इटहरीबाट धरान आउँदै गरेको प्रदेश ३-०१-०२४ च ५१६६ नम्बरको कार दुर्घटना भएको १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालयका डिएसपी सुमन कुमार तिम्सिनाले जानकारी दिए ।
दुर्घटनामा को १ ख ३५ ११ नम्बरको बस, प्रदेश ३-०१-०२३ च ४८२६ नम्बरको बुलेरो र को ३६ प ३८७७ नम्बरको मोटरसाइकल लगायतका सवारी साधन क्षति पुगेको तिम्सिनाले बताए ।
गाडीलाई ठक्कर दिँदा बुलेरो उछिट्टिएर गई सोही स्थानमा रोकेर पखाल्दै गरेको को २ ख ३५११ न. को बसलाई ठक्कर दिएर दुर्घटना भएको हो ।
को ३६ प ३८७७ को मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक इटहरी ४ बस्ने २८ वर्षीय रुपेश मगर र बोलेरोमा सवार अख्तियार दुरुपयोग आयोग अनुसन्धानका कार्यालय इटहरीमा कार्यरत प्रहरी जवान सुरेश खड्का सामान्य घाइते भएका छन्।
घाइतेहरूलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा ल्याइएको छ ।
४ वटै सवारी साधन तथा बस चालक धनकुटा ७ बस्ने ५२ वर्षीय बलन राई कार चालक विराटनगर ४ बस्ने ब४९ वर्षीय द्वारिका पोख्रेल बो चालक धरान-८ बस्ने ४५ वर्षीय चन्द्र प्रसाद ढकाल प्रहरी नियन्त्रणमा छन् ।










































































