धरान : प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।
पेट्रोल पम्पमा कार्यरत रहँदा कार्कीले १ करोड ८ लाख ९९ हजार १ सय ८४ रुपैयाँ हिनामिना गरेको अभियोगमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। कार्कीले आर्थिक वर्ष २०७४/०७५ र ०७५/०७६ मा उक्त रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ।
प्रहरी प्रधान कार्यालय नक्सालको पत्रसहित मिति २०७७।०४।२९ गते आयोगमा दाखिला हुन आएको हुँदा कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        










 
         
        

















































 
         
         
        