धरान : सुनसरीको बर्जू गाउँपालिका-५ मा रहेको ईस्टन सुगर मिलमा कार्यरत स्थानीय ४२ वर्षीय तेज नारायण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।
आज बिहान १० बजेको समयमा उक्त मिलमा काम गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका चौधरीलाई उपचारको लागी गोल्डेन अस्पताल पटाइएकोमा उपचारको क्रममा साँढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान गरिरहेको सुनसरीले जनाएको छ ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        