धरान : घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवडिभिजन वन कार्यालय मैनामैनी उदयपुरका प्रमुख शिवनारायण यादवसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।
आयोगले यादवसहित सवडिभिजन वन कार्यालय लालबजार रामपुरका सहायक वन अधिकृत बिनोद कुमार साह, फोरेष्टर रमेश राई, सवडिभिजन वन कार्यालय मैनामैनी उदयपुरमा कार्यरत फोरेष्टर विशेश्वर चौधरी, वन रक्षक द्वय शैलेन्द्र झा, र मनोज कुमार राउतलाई नियन्त्रणमा लिएको अख्तियार केन्द्रीय कार्यालयका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।
सेवाग्राही सँग १७ हजार घुस लिएको उजुरी अनुसार इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटि गएको प्रहरी टोलीले खानतलासी गर्दा घुस लिए बापतको रकम फेला पारेको थियो ।
फेला पारेको रकमको थप अनुसन्धान गर्ने संलग्ल सबैलाई अनुसन्धान गर्न अख्तियारको टोलीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको अधिकारीले जानकारी दिए।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        