धरान :नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट थप ३८१ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा १३० जना डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा २४ घन्टामा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।यो सँगै हालसम्म १५ हजार १५६ निको भएर घर फर्किएका छन् ।
कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।.जागेश्वर गौतमले जनाएका छन् ।
हालसम्म नेपालमा २१ हजार ३ सय ९० जनामा कोरोना संक्रमित फेला परेका छन् ।
पछिल्लो २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएको छ ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        