धरान : ''स्वदेशी उत्पादन, किसानको सान, शुद्ध गाईको दूध, गुणस्तरीय बदाम '' लाई मुख्य स्लोगन बनाएर रिलायबल चक्र बदाम ड्रीङ्कको नेपालभरी उत्पादन तथा विक्री वितरण भैरहेको छ ।
नेपालमा एनर्जी ड्रीङ्कको मागलाई पूर्ति गर्ने उद्देश्यका साथ स्वदेशमा दिनहुँ उत्पादन हुने गाइको दूधलाई प्रयोगमा ल्याएर किसानलाई उत्पादनसँग जोड्दै स्वदेशी लगानीमा नेपालमै पहिलो पटक रिलायबल फुड एन्ड बेभरेजलले बदाम ड्रिङ्क उत्पादन गरिएको कम्पनीका अध्यक्ष अशोक शाहले बताए ।
दूध र बदामको सम्मिश्रणबाट तयार हुने रिलायबल चक्र बदाम ड्रिङ्कको सेवन गर्नाले रोग प्रतिरोधात्मक क्षमताको विकास हुने कम्पनीका अध्यक्ष शाहले बताए ।
छोटो समयमा बेग्लै पहिचान बनाउन सफल रिलायबल चक्र बदाम ड्रिङ्कको दैनिक उपभोक्ताहरु बढ्दो क्रममा रहेको कम्पनीको दाबी छ ।
कोरोना महामारीको बेला धेरै मानिसहरू (कोभिड १९) सँग जुध्नु परेको अवस्था छ । बदाम ड्रिङ्क सेवन गर्नाले रोक प्रतिरोधात्मक क्षमताको वृद्धि हुने भएकाले यसको सेवन गर्नु फाइदा जनक छ ।
कोरोनाको औषधि नै नभएको तर रोग सँग लड्ने क्षमताको विकास गर्ने भएकाले यसको सेवनले स्वास्थ्य लाभ लिन सक्ने कुरा विज्ञहरूले बताएको शाहको भनाइ छ ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        