धरान : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा पछिल्लो २४ घण्टामा २ सय ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको जनाएको छ ।
पछिल्लो २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएको छ ।
आज सुनसरीमा मात्रै १२ जनामा मात्र संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।देशभरका प्रयोगशालामा ७ हजार ६ सय ८७ नमुना परीक्षण गर्दा २ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभर कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । उनीहरुमध्ये ५८ जनाको मृत्यु भएको छ भने १५ हजार २० जना निको भएका छन् ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        