धरान : श्रीमती गीता ढकालको हत्या गरेपछि जेल परेका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला सजाय माफ भएर बिहीबार जेलमुक्त भए पछि शुक्रबारको प्रदेश नं १ को प्रदेश सभामा बोल्ने सांसदहरुले हत्यारालाई छाड्दा गलत नजिर बस्ने भन्दै आपत्ती जनाएछन ।
जारी अधिवेशनको अन्तिम बैठकको शून्य समयमा बोल्दै नेकपा प्रदेश सभा सदस्य अम्बिका थापाले श्रीमतीको क्रूरतापूर्वक हत्या गर्ने व्यक्ति जेलबाट मुक्त हुनुले न्यायप्रति प्रश्न उठेको बताइन् । थापाले भनिन् 'आफ्नै श्रीमतिको हत्या गर्ने र आफैं मृत्यु भएको भन्दैमा कोइरालाले छुटकारा पाउनु कहाँको न्याय हो ? ' आफ्नै श्रीमती हत्या गरेर फालेका कोइरालालाई प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरासहितको इजलासले छुट दिनु आपत्तिजनक भएको थापाको गुनासो छ ।
प्रदेश सभासदस्य थापाले श्रीमती हत्या गरेर हात हल्लाउँदै बाहिरिएका कोइरालाप्रतिको अदालती निर्णय पुनरावलोकन गर्न प्रदेश सभामार्फत अपिल गरेकी थिइन् ।जिल्ला अदालतले हैन सर्वेच अदालतले नै कालो फैसला गर्दा कृमार्थ स्विकार छैन , यस निर्णयले न्यायलयप्रतिको विश्वास गुमेको बताइन् ।
नेकपा धनकुटाकी सांसद कुसुम श्रेष्ठले हत्यारा कोइरालालाई छुटाउनका लागि गरिएको निर्णय गलत भएको बताइन् । अदालतबाट न्याय भन्दापनि अन्यायले प्रश्रय पाउने गरि उनले गुनासो गरिन् ।




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)





























































