धरान : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल टेलिकमको सर्भर ह्याक गर्ने व्यक्ति पक्राउ गरेको छ ।
नेपाल टेलिकमको मोबाइल एपको सर्भर सिस्टमभित्र गैरकानुनी रुपमा पहुँच बनाउने धनकुटाका २८ वर्षीय दिवाकर देउजालाई ब्युरोले असार ३१ गते धनकुटाबाट पक्राउ गरेको हो । टेलिकमले असार १२ गते दिएको उजुरीपछि अनुसन्धान गरी उनलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता डीएसपी वेलबहादुर पाण्डेले जानकारी दिए ।
उनी सहरी विकास तथा भवन कार्यालय धनकुटामा कम्प्युटर अपरेटर पदमा कार्यरत रहेको पाण्डेले जानकारी दिए । उनले नेपाल टेलिकमको प्याकेज प्रयोग तथा बिक्री समेत गरेका थिए ।
विद्युतीय कारोबार ऐन २०६३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनका लागि देउजालाई बिहीबार नै नेपाल प्रहरी साइबर ब्युरो, काठमाडौं पठाइएको छ ।




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)





























































