इटहरी : इटहरी उपमहानगरपालिकाको चालु आर्थिक बर्ष २०७६/७७ मा ४८ करोड उठ्ने अनुमान गरेको थियो । तर उपमहानगरपालिकाले आर्थिक बर्षको अन्त्यतिर १४ करोड मात्र उठ्ने जनाएको छ ।
आगामी आर्थिक बर्ष २०७७/७८ मा ३८ करोड १५ लाख रुपैया प्राप्त हुने अनुमान गरिएको छ । १४ करोड मात्र यो बर्ष उठ्ने जनाएको उपमहानगरले आगामी बर्ष ३८ करोड १५ लाख उठ्ने जनाएको हो ।
चालु आर्थिक बर्षमा १४ करोड रुपैया मात्र आय भएको उपमेयर लक्ष्मी गौतमले नीति तथा कार्यक्रममा सार्वजनिक गरेकी हुन् । आगामी आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेट वक्तव्य पेस गर्दै गौतमले घर बहाल कर अपेक्षित उठ्न नसकेको स्पस्ट पारेकी थिइन् ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        