इटहरी : मिक्लाजुङ गाउपालिकाका इन्जिनियर हसरत अलि नेपालले जन्मदिनको अवसर परेर १ विद्यार्थीको कक्षा १२ सम्मको शैक्षिक खर्च जिम्मा लिएका छन् । आर्थिक अवस्था कमजोर रहेका मिक्लाजुङ ७ मा आफन्तकोमा बसेर पढ्दै आएकी इच्छा लिम्बुको खर्च व्यहोर्ने घोसणा गरेका हुन् ।
प्रोग्रेसिभ इन्जिनियरिंग एसोसिएसन नेपाल प्रदेश न १ का कोषाध्यक्ष समेत रहेका अलिले असार १९ गते जन्मदिनको अवसरमा जनकल्याण आधारभूत बिद्यालयमा पढ्ने लिम्बुको सबै शैक्षिक खर्च व्यहोर्ने बताएका हुन् ।
'इच्छाको बुबा हुनुहुदो रहेनछ, ४ जना दिदिबहिनी सहित आफन्तको बस्दै आएको अध्यक्ष शुशिलराज चुहानबाट थाहा पाए' इन्जिनियर अलि नेपालले भने 'आर्थिक अबस्था नाजुक रहेछ, परिवारको मुख्य मान्छे भर्खरै बितेको थाहा पाएर सहयोग गरको हो ।'
अलिले विद्यालयको पोसाक र पुस्तक कपडाको लागि ५ हजार सहयोग समेत गरेका छन् ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        