इटहरी : ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका ४५ थान हराएका मोबाइल फेला पारेको छ ।
विभिन्न समयमा हराएका करिब १० लाख ३८ हजार बराबरको मोबाइल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको हो ।
मोबाइल हराएको निबेदन दिएको आधारमा बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको मोबाइल फिर्ता गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय ईटहरीमा सिडीआर शाखा स्थापना भएदेखी हालसम्म अन्दाजी पचपन्न लाख छ्यासी हजार बराबरको २३१ थान मोवाईल फेला पारीको जनाएको छ ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        