इटहरी : धरान स्थिति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना बिशेस अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितहरु कोरोनामुक्त भएका छन् ।
डिस्चार्ज हुने चारै जना झापा जिल्लाका २२ देखि ३५ उमेर समूहका व्यक्तिहरु रहेका छन् । पिसिआर जाँच गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले बताए ।
सापकोटाका अनुसार प्रतिष्ठानबाट निको भएर हालसम्म ११४ जना डिस्चार्ज भइसकेका छन् भने ५४ जना उपचाररत छन् ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        