धरान : चालु आर्थिक वर्ष २०७६/७७ को पुष मसान्तसम्ममा धरान नगरभित्र महिला तथा घरेलु हिंसा सम्वन्धी ११७ वटा उजुरी परेका छन् ।
महिला तथा घरेलु हिंसाका घटना वढ्दो रुपमा भएपनि पछिल्ला समय उजुरी गर्ने र कारवाहिको रुपमा मुद्या चलाउने काम वढेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
आर्थिक वर्ष २०७५/७६ सालमा धरान नगरभित्र महिला तथा घरेलु हिंसा सम्वन्धी १४४ वटा उजुरी परेका छन् । महिला तथा घरेलु हिंसा तर्फ १२९ वटा उजुरीलाई मिलापत्र भएको थियो , भने ९ वटा मुद्या दर्ता भएका थिए प्रहरीका अनुसार गत आ.ब २०७५/७६ साल भित्रमा १९ वटा जवरजस्ती करणी उद्योगका मुद्या दर्ता थिए , वहुविवाहका ११ वटा मुद्या दर्ता थिए ।
पछिल्ला वर्षमा महिलाका घरेलु हिंसाका घटनाका वारेमा उजुरी गर्ने र घरेलु हिंसा (कसुर र सजाय) नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ को उपधारा (१) बमोजिम कानुनी कारवाहिको प्रक्रियामा ल्याउन प्रहरीले सक्रियता देखाएको नायव उपरिक्षक न्यौपाने वताउछन् ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        



![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)












 
         
        

















































 
         
         
        