धरान(डेस्क) : ताप्लेजुङमा जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका ६ थुम्वेदिनका १९ वर्षीय निरज खड्का जबरजस्ती करणीको आरोपमा पक्राउ परेका हुन् ।
खड्काले १६ वर्षीया एक बालिकालाई असोज २१ गते साँझ जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा २२ गते बिहान पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ । पक्राउ परेका खड्काको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।








































































