धरान : धरानमा बजाज एक्सचेञ्ज महामेला आगामी आइतबार देखी शुरु भएको छ । बजाज मोटसाइलकको धरानका लागि आधिकारिक बिक्रेता अर्बिन एण्ड ब्रोदर्श अटोले भदौं २७ गतेसम्म ६ दिन बजाज एक्सचेञ्ज महामेलाको आयोजना गरिएको हो ।

धरान–८ स्थित धरान सभागृह परिषरमा महामेला शुरु भएको हो । उद्घाटनको दिन महामेलामा गाडी किन्ने ग्राहकको लर्को लागेको थियो । दोस्रो पटक आयोजना गरेको महामेला पनि उत्साजनक भइरहेको अटोका सञ्चालक एबंम युवा व्यावसायि अर्बिन तामाङले बताए । ‘हामीले दोस्रो पटक महामेला सञ्चालनमा ल्याएको हो, पहिला भन्दा फरक किसिमले आयोजना गरेका छौं, यसपटक हामीले गाडीको बजार भाउमा १५ हजार रुपैयाँ थपिदिने र एसोसरिज समेत थप गरेका छौं’ तामाङले भने ‘मानिसहरुले पनि यसपटक फरक अनुभुती गरिरहेको पाएका छौं ।’ पहिलो दिन ३० भन्दा बढी मोटरसाइलक बिक्री भएको समेत उनले बताए ।

1 2

महामेलामा विलबुक सहित आएको जस्तो सुकै अवस्थामा रहेको कुनै पनि ब्राण्डको मोटरसाइकल वा स्कुटरको न्यूनतम ३० हजार रुपैयाँ मुल्याङकन सुबिधालाई यसपटक पनि निरन्तरता दिइएको छ । यसैगरी, बजाज मोटरसाइकलको चाडबाड लक्षित ‘भबिष्यवाणी अफर’ अन्तर्गत मेलामा नयाँ मोटरसाइकल खरिदमा दुई पटक लक्की ड्रमार्फत २ लाख रुपैयाँसम्म नगद छुटको व्यावस्था गरिएको छ । मोटरसाइलक खरिद गर्नु अगाडी अधिकतम १ लाख रुपैयाँसम्म र खरिद पछि पनि अधिकतम १ लाख रुपैयाँसम्म लक्की ड्रमार्फत नगद छुट प्राप्त गर्ने व्यावस्था रहेको छ । महामेलामा धरानका विभिन्न रिकण्डिसनहरुले मोटरसाइलको उचित भ्याल्लुएसन गरिरहेका छन् ।

3 1

एक्सचेञ्जमा आएका कुनै पनि ब्राण्डको मोटरसाइलक वा स्कुटरको बजार प्रचलित मुल्याङकनमा थप १५ हजार रुपैयाँ यसपटकको महामेलामा यो सुबिधा थपिएको हो । महामेलामा नयाँ मोटरसाइकल खरिदमा बाइक कभर, हेल्मेट, ल्यापटप ब्याग, मोटरसाइलको लेगगार्ड निःशुल्क प्रदान गरिएको अटोले जनाएको छ । त्यस्तै, महामेलामा फाइनान्स र इन्स्युरेन्सको अन द स्पोट सुबिधा उपलब्ध रहेको छ । महामेला अवधिभर करिब ३ सय ५० बढी बजाजका विभिन्न ब्राण्डका मोटरसाइकल विक्री गर्ने लक्ष्य रहेको जनाइएको छ । बजाजका पल्सर १५० सिसि, पल्सर २०० एनएस, पल्सर २२० लगायतका १३ वटा ब्राण्डका मोटरसाइकलहरु महामेलामा राखिएको छ । अटोले गत बैशाख ८ गतेदेखी १३ गतेसम्म धरानको सभागृहमा बजाज महामेलाको आयोजना गरेको थियो । त्यसबेला ३ सय १ वटा बजाजको विभिन्न ब्राण्डका मोटरसाइकलहरु बिक्री भएको थियो ।

3 1