काठमाण्डौं : मंगलबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिममा बनेको न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभावले पश्चिमको केही ठाउँमा मंगलबार दिउँसो र राति ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगराकोटीले जानकारी दिए । उनका अनुसार मध्य र पूर्वमा भने ठूलो पानी पर्ने सम्भावना छैन ।
मंगलबार राति देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली हुने तथा मध्य र पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जारी गरको बुलेटिनमा उल्लेख छ ।
मनसुनी न्यून चापीय रेखा (मनसुन ट्रफ) नेपालबाट दक्षिणतिर सरेकोले मनसुनी गतिविधि केही दिनदेखि कमजोर बनिरहेको छ । धेरैजसो भूभागमा वर्षा नहुँदा देशभर अधिकतम तापक्रम बढ्दै गइरहेको छ ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































