धरान : मोरङ र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मोरङको सुन्दर हरैंचा नगरपालिका ५ स्थित जनता ग्रील उद्योगका कामदार भोजपुरका २० वर्षीय प्रकाश कार्कीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी सुनसरीको इनरुवा नगरापलिका ८ मा आफ्नै घरमा बिजुलीको स्वीच थिच्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।