धरान: जित मात्र होइन, आफ्नो अन्तिम खेलमा फराकिलो गोलअन्तरको नतिजा निकाल्नुपर्ने दबाबमा रहेको सुनसरी र धनकुटाले अप्रत्यासित नतिजा निकाल्दै मुख्यमन्त्री कप प्रदेश लिगको फाइनल चरणमा प्रबेश गरेको छ ।

आइतबार धरान १६ स्थित प्रस्तावित प्रादेशिक रंगशालामा क्षेत्र २ को छनौट चरणको अन्तिम खेलमा दुवै टोलीले विशाल गोलअन्तरले जित हासिल गर्दै प्रदेश लिगको फाइनल चरणमा प्रवेश गर्न सफल भएको हो । आज भएको पहिलो खेलमा धनकुटाले संखुवासभालाई ७–२ को भारी गोल अन्तरले हरायो । खेलमा धनकुटाका सञ्जय रम्तेलले ह्याटिक पूरा गरे । खेलको दोस्रो हाफको ८ औं, १३ औं र २० औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच पनि घोषित हुदै उनले नगद ५ हजार रुपैयाँ थापे । यस्तै, अविनाश राई पहिलो हाफको १६ औं र ४१ औं मिनेटमा गोल गरे । यस्तै, इनाम तामाङ र विबेक राईले पहिलो आफको ४ औं र ३० औं मिनेटमा गोल गदै संखुवासभालाई फाइनल चरणको लागि छनौट गर्न सफल भए । संखुवासभाको लागि पहिलो आफको २७ औं मिनेटमा मन्दिप राई र दोस्रो आफको ४१ औं मिनेटमा निश्चल योञ्जनले गोल गरेका थिए ।

IMG_9023

यस्तै, आजैको दोस्रो खेलमा सुनसरीले भोजपुरलाई ९–१ को भारी गोल अन्तरले हरायो । खेलमा सुनसरीका मिलन राई व्याक्तिगत ४ गोल गरे । उनले दोस्रो हाफको ५३ औं, ६२ औं, ६४ औं र ७६ औं मिनेटमा गोल गरेका थिए । यस्तै, अरुण धामीले पहिलो हाफको ३३ औं र ४० औं मिनेटमा गोल गरे । यस्तै, पहिलो हाफको १६ औ मिनेटमा पेनाल्टीमार्फत सुनसरीका हिसुब थपलियाले गोल गदै खाता खोलेका थिए । खेलको दोस्रो हाफको ४५ औं मिनेटमा दोर्जे तामाङ र ४८ औं मिनेटमा उमेश राईले गोल गदै सुनसरीलाई फराकिलो जित दिलाए । खेलको म्यान अफ दि म्याच सुनसरीका मनिष घले घाषित बन्दै नगद ५ हजार रुपैयाँ थापे ।

लिग चरणको खेलहरु सकिदा सुनसरी, धनकुटा र तेह्रथुमको समान ८ अंक भएपनि गोल संख्याको आधारमा सुनसरी र धनकुटा फाइनल चरणको लागि छनौट हुदा तेह्रथुम स्तब्ध भयो । सुनसरी च्याम्पियन धरान फुटबल क्लवले छनौट प्रतियोगिता भरी कुल १५ गोल गर्दै धरान क्षेत्र २ मा पहिलो हुदै फाइनल चरणमा छानिदा धनकुटाले कुल १४ गोल गदै दोस्रो भएर फाइनल चरणमा पुग्यो । तेह्रथुमले भने कुल १२ गोल थियो । अब सुनसरी र धनकुटाले असार २५ गतेदेखि विराटनगरमा हुने दोस्रो चरणको खेलमा प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ ।

IMG_9094-(1)

प्रदेश १ को १४ जिल्लालाई तीन वटा क्षेत्रमा विभाजन गरेर पहिलो चरणको प्रतियोगिता खेलाइएको छ । अब प्रत्येक क्षेत्रबाट छनौट भएको टप २ टिमले प्रदेश लिगको फाइनल चरण खेल्ने एन्फाका मानार्थ बरिष्ठ उपाध्यक्ष किशोर राईले बताए । उनले एन्फाको प्रदेश लिगको नियमावली अनुसार अंकको आधारमा अथवा गोलको आधारमा अथवा गोल खाएको आधारमा छनौट गर्ने भन्ने भएपनि यहाँ गोल गरेको संख्याको आधारमा छनौट गरिएको बताए ।

प्रदेश लिगको फाइनल चरणमा धरान क्षेत्रबाट धरान फुटबल क्लब र बौद्धिक समितिले सहभागिता जनाउनेछ भने उदयपुर क्षेत्रबाट बेलबारी युवा क्लब मोरङ र बाक्सिला फुटबल क्लब खोटाङले भाग लिनेछ । यस्तै, इलाम क्षेत्रबाट सैनिक युथ क्लब झापा र रेडहर्ष क्लब इलाम छनौट भइसकेको छ । कुल ६ टिमलाई लक्की ड्रमार्फत २ वटा समुहमा विभाजन गरेर लिग खेल सञ्चालन हुनेछ । ‘ती मध्ये टप २ टिमले फाइनल खेल्नेछ,’एन्फा सुनसरीका उपाध्यक्ष तथा क्षेत्र २ को भेन्यु मेनेजर नविन राईले भने,‘च्याम्पियनले ५ लाख र दोस्रो हुनेले ३ लाख पुरस्कार पाउनेछ ।’

उनका अनुसार विराटनगरमा हुने प्रदेश लिगको फाइनल चरणको च्याम्पियनले प्रादेशिक एन्फा प्रेसिडेन्ट कप खेल्छ । प्रेसिडेन्ट कपमा सहभागी ७ वटा टिमम मध्ये टप ४ टिम राष्ट्रिय लिगको लागि छनौट हुनेछ । यस्तै, शहीद स्मारक लिगबाट टप ६ टिम पनि प्रेसिडेन्ट कपको लागि छनौट हुन्छ । यसरी कुल र १० टिम सहभागी रहने राष्ट्रिय लिग होम एण्ड अवे प्रणालीमा आयोजना हुने एन्फाले जनाएको छ ।