पाँचथर ः पाँचथरको सदरमुकाम फिदिमको मध्य बजारमा आगलागी भइरहेको छ ।


फिदिम १ मेनरोडस्थित होटल अजिमा र पाँचथर गेष्ट हाउसको बीचमा रहेको एक कच्ची घरबाट आगलागी सुरु भएको थियो । केही समयअघि शुरु भएको आगो निभाउने प्रयास पनि भइरहेको छ । फलफूल तथा मिठाई पसलबाट आगो शुरु भएको बताइएको छ । आगोले तीन घर तथा एक होटल जलेर खरानी भएको प्रहरीले जनाएको छ। सेना, प्रहरी र स्थानीय बासिन्दा मिलेर दमकल प्रयोग गरी आगो निभाउने प्रयास भइरहेको छ । आगलागीको क्षतिको पुर्ण विवरण भने आउन बाँकी छ । तस्बिर स्रोत: कान्तिपुरअनलाइन