इटहरी : वैदेशिक लगानी भित्र्याउन संघीय सरकारले चैत महिनामा ‘नेपाल लगानी सम्मेलन’ गर्ने तयारी गरिरहेको बेला प्रदेश १ ले पनि गर्ने भएको छ ।

प्रदेश १ ले लगानी भित्र्याउन सम्मेलन गर्ने भए पनि समय भने तय भएको छैन । संघीय सरकारले लगानी सम्मेलनमा अधिकतम विदेशी लगानीकर्ता आकर्षित गर्न लगानीकर्तालाई ‘कन्भिन्स’ गर्ने कोसिस गरिरहेको बेला प्रदेश १ ले महत्वपूर्ण योजना तय गरी योजना बैंक बनाएर सम्मेलन गर्ने जनायो । ‘यस प्रदेशमा कम्तीमा २२÷२५ वटा दातु निकायलाई आह्वान गर्न र प्रस्ताव गर्न चाहान्छौँ’, मुख्यमन्त्री राईले शनिबार इटहरीमा नेपाल टेलिभजनमा कार्यरत पत्रकारका लागि आयोजना गरिएको पुनर्ताजगी तालिम उद्घाटनका क्रममा भने ।

उनले प्रदेश नं. १ को विकास आधुनिक ढंगबाट अगाडि बढाउन चाहेकोले गर्दा लगानी सम्मेलन गरेर लगानी भित्र्याउन लागेको लनाए ।

–नागरिक पूर्वेलीबाट