सुनसरी : बराहक्षेत्र नगरपालिका ७ बाङगेमा सोमबार प्रहरीले गोरुको बाच्छो काटेर भाग लगाउँदै गरेको अवस्थामा बावुछोरालाई पक्राउ गरेको छ ।
दिउँसो १२ बजे सोही स्थान बस्ने धन बहादुर तामाङको घरमा अन्दाजी ६० किलोको गोरु बाच्छो काटेर भाग लगाउँदै गरेको अवस्थामा तामाङ सहित उनको छोरा १९ वर्षीय गोपाल तामाङलाई पक्राउ गरेको हो ।
गोरु काट्दैछ भन्ने सूचना पाएसंगै प्रहरी चौकी बाङगेबाट प्रहरी टोली खटि गई दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
गोरु काट्दै गरेको अवस्थामा बाबु र छोरा पक्राउ
- फागुन ६, २०७५ / 701 पटक पढिएको









































































