मोरङ : कानेपोखरी गाउँपालिका ६ रमाइलो बजारस्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शुक्रबार साझँ साढे ५ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको को २७ प ८६७४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भइ दुर्घट्ना भएको थियो ।

दुर्घटनामा मोटरसाईकल चालक सोही नगरपालिका ४ बस्ने ३२ वर्षीय रबिन गहतराज घाइते भइ उपचारको लागि वी.पी. कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएकोमा उपचारको क्रममा साझँ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।