धरान :तामाङ जातिको नयाँ बर्ष सोनाम ल्होसार २०७५ को अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री राईले ल्होसारको अवसरमा सबै नेपालीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै सोनाम ल्होसार छुट्टै मौलिकता, परम्परा र साँस्कृतिक महत्व बोकेको पर्व भएको बताएका छन् । साथै उनले ल्होसारले आफ्नो धर्म, सँस्कृति, रितिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गरिरहेको पनि धारणा व्यक्त गरेका छन् ।
मुख्यमन्त्री राईले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको शुभकामना मन्तव्य:
'तामाङ जातिको महान पर्व सोनाम ल्होसार २०७५ को सुखद उपलब्धमा स्वदेश तथा विदेशमा रहनु भएका तामाङ समुदाय लगायत सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दुछु । तामाङ जातिमा नयाँ बर्ष आरम्भको खुशीयाली स्वरुप बिशेष उत्साह र उमंगका साथ मनाइने सोनाम ल्होसारले छुटै मौलिकता, परम्परा र साँस्कृतिक महत्व बोकेको छ ।
नयाँ बर्षको रुपमा मनाइने ल्होसारले आफ्नो धर्म, सँस्कृति, रितिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको मैले विश्वास लिएको छुँ । बहुजातिय,बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरु आपसी मित्रता, सद्भाव र एकताको प्रतिककोरुमा रहेका छन् । यी चाडपर्वहरुले नयाँ उमंग र उत्साहको साथ एकआपसमा एकता तथा भाइचार स्थापित गर्न महत्वपुर्ण भुमिका खेल्दै आएका छन् ।
मुलकमा मनाइने यस्ता चाडपर्व र सँस्कृतिहरुको संरक्षण तथा संवद्र्धन गर्नु हामी सबैको दायित्व हो । यस चाडले नेपालीहबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस्, साथै प्रदेशको विकासमा एकताबद्ध भएर अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।'


_1749430366.gif)






































































