इटहरी: सहिद दिवसको अवसर पारेर सुनसरीको इटहरी ५ सिमरवनामा विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा २ सय वढीले रक्तदान गरेका छन ।
सिमरवना वचत तथा ऋण सहकारी संस्था, लायन्स क्लव अफ इटहरी स्मार्ट सिटी, जनता उच्च मावि, नेपाल रेडक्रस सोसाइटी इटहरी र लियो क्लव अफ इटहरीको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा २ सय ५१ जनाले रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानमा पुर्व क्षेत्रकै सबै भन्दा बढी रक्त संकलन हुने क्षेत्रका रुपमा परिचित इटहरीमा भएको रक्तदान मध्ये धेरै मानिसहरुले रक्तदान गरेको जनाइयो ।
रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानले प्राविधिक सहयोग गरेको लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीका अध्यक्ष राजेन्द्रकेशरी घिमिरेले जानकारी दिए । सोही अवसरमा सिमरवना बचत तथा ऋण सहकारीले उत्कृष्ट वचतकर्ता तथा ऋणी र उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यहरुका सन्ततीहरुले सम्मान समेत गरेको कार्यक्रमका अध्यक्ष भिष्मकुमार घिमीरेले जानकारी दिए ।