धरान : सेवक अभियान धरानले बुधबार आधारभुत विद्यालयका अति विपन्न परिवारका विद्यार्थीहरुलाई स्वीटर, टोपी वितरण गरेको छ । सेवक अभियानले धरानका वडा नं. ११ र १७ लाई वितरण गरेको हो ।
धेरै सेवा सुविधाहरुबाट वंञ्चीत रहेका विद्यार्थीहरुको लागि सानो सहयोग गरीदीनु भएकोमा धेरै आन्नद महशुस भएको साथै उक्त मौका सेवक अभियानको यो मानव सेवाद्वारा प्राप्त भएकोले अभियान प्रति स्कूल संस्थापक श्री नेत्र सुवेदीज्यूले आभार प्रकट गरे ।
उक्त वितरण कार्यक्रममा प्रदेश नं. १ का सभासद प्रदिप भण्डारी, माननीय उमिता बराईली लगाएत अन्य विष्ठि अथितिहरुको उपस्थिती रहेको कार्यव्रmममा धरान–१५ सयपत्री मार्गमा अवस्थित च्याम्पियन इ. स्कूलले सहयोगी (दाता)को रुपमा भाग लिएको थियो ।


































































