धरान : धरानमा पहिलो पटक भारतीय गायक गजेन्द्र बर्मा गुञ्जिने भएका छन् ।

क्रिसमसको अवसर पारेर सिल्भर इन्टरटेन्मेन्टले आयोजना गर्ने सागीतिक साँझमा गायक बर्मा लाइभ गुञ्जिन लागेका हुन् ।

गायक बर्मासहित कृपा व्याण्ड, गायिका आस्था राउतलगायतले आफ्नो प्रस्तुति दिने मंगलबार धरानमा गरिएको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक रोजन रनपहेलीले बताए । भारतको हरयाणा प्रान्तमा जन्मिएका गायक बर्मा लेखक समेत हुन् । कार्यक्रम धरान रंगशालामा हुने भएको हो । कार्यक्रमबाट उठेको केही रकम सामाजिक सेवामा खर्च गरिने संयोजक रनपहेलीले बताए । उनका अनुसार धरान–१७ विजुवामार्गकी एकल महिला जानुका विश्वकर्माको घर निर्माणका लागि ३० हजार रुपैयाँसम्म सहयोग गरिनेछ । विकको घर निर्माणका लागि अग्रज पत्रकार तथा लेखक जनऋषी राईको अगुवाइमा सहयोग संकलन भइरहेको छ ।