इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. ८ को वडा कार्यालयले आयोजना गरेको सातौँ वडा अध्यक्ष कप अन्तर्गत फुटबलमा पुरुष तथा महिला दुवैतर्फ जागृति टोल विकास संस्थाले उपाधि हात पारेको छ । 
 श्री सरस्वती सतन माविको खेलमैदानमा भएको फुटबलमा पुरुषतर्फ जागृती टोल विकास संस्थाले  शिव मन्दिर टोल विकास संस्थालाई ट्राई बेकरका आधारमा ४(३ गोल अन्तरले हराएर विजयी भएको हो । निर्धारित समयको खेलमा दुवै टिमले एक/एक गोल गरी खेल बराबरीमा टुङ्गिएपछि खेल निर्णयका लागि ट्राई बेकरमा धकेलिएको थियो । 
प्रतियोगितामा विजयी टिमले नगद २० हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरियो । उपविजेता टिमले नगद १० हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरियो । 
प्रतियोगितामा बेष्ट गोल किपर जागृति टोल विकास संस्थाका सन्दीप साह, बेष्ट मिड फिल्डर शिव मन्दिर टोल विकास संस्थाका भविश्वर बुर्जा मगर, शिव मन्दिरकै हाइ स्कोरर धौला चौधरी र जागृति टोलका राजु गच्छदार म्यान अफ दि सिरिज भए । सबै विधामा उत्कृष्ट हुनेलाई मेडल र प्रमाणपत्र प्रदान गरियो । 
यस्तै, महिलातर्फको फुटबलमा जागृती टोल विकास संस्थाले सयपत्री टोल विकास संस्थालाई ट्राई बेकरमा ४(३ गोल अन्तरले हराएर विजयी भएको हो ।
महिला फुटबलतर्फ विजेतालाई नगद १५ र उपविजेता लाई नगद १० हजारसहित शिल्ड तथा प्रमाणपत्र प्रदान गरियो ।  जसमा खेलमा बेष्ट गोल किपर जागृती टोल विकास संस्थाकी सरिता चौधरी, बेष्ट मिल्ड फिल्डर सयपत्रीकी सुशीला बलमपाकी, हाइ स्कोरर तथा म्यान अफ दि सिरिज  सयपत्रीकी मञ्जु राई साही भइन् । सबैलाई मेडल र प्रमाणपत्र प्रदान गरियो । 
यस्तै, पुरुष भलिबल तर्फ पशुपति टोल विकास संस्थाले उपाधि हात पारेको छ । पशुपतिले हाम्रो टोल विकास संस्थालाई २(१ को सोझो सेटमा हराएर उपाधि हात पारेको हो ।
विजेता पशुपतिले नगद १५ हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता हाम्रो टोल विकास संस्थाले नगद १० हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । खेलमा पशुपति टोल विकास संस्थाका अङ्कित विक उदयमान खेलाडी घोषित भए ।  
ब्याडमिन्टनतर्फ गीताप्रसाद धमला र भुवन दाहालको जोडी प्रथम भयो ।
धमला र दाहालको जोडीले नगद १५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरियो । यस्तै, नेत्र गिरी र भीष्म चौधरीको जोडी दोस्रो भए । गिरी र चौधरीको जोडीले नगद १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरियो ।
खेलमा विजयी खेलाडीहरूलाई नागरिक समाज इटहरीका पूर्व अध्यक्ष सन्तबहादुर डुम्जन, पथरी शनिश्चरे नगरपालिका स्वास्थ्य महाशाखा प्रमुख मुरारी आचार्य, वडा नं. ८ का वडाध्यक्ष रोहित चौधरीलगायतले पुरस्कार वितरण गरे ।
basket-ball 1