वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिकामा दोस्रो संस्करणको वराहक्षेत्रमा टी -20 क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । वराहक्षेत्र क्रिकेट क्लबको आयोजनामा उक्त दोस्रो संस्करणको वराहक्षेत्र टी -20 क्रिकेट प्रतियोगिता बुधवारबाट हुनेछ ।

 वराहक्षेत्र नगरपालिका वडा नं २ तेह्र आरडि स्थित खेलमैदानमा पौष ३० गतेदेखि माघ ५ गते सम्म सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष कमल प्रसाद रौनियारले बताए ।

प्रतियोगिताको बारे मङ्गलवार आयोजक क्लबले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । आयोजक क्लबका अध्यक्ष कमल प्रसाद रौनियारको सभाध्यक्षमा आयोजना भएको पत्रकार सम्मेलनमा क्रिकेट सङ्घ सुनसरीका अध्यक्ष सिपी पौडेलको समेत सहभागिता रहेको थियो ।

साढे ६  लाख अनुमानित गरिएको प्रतियोगितामा प्रथम पुरस्कार    नगद ५१ हजार सहित ट्रफि र प्रमाण पत्र  र दोस्रो पुरस्कार नगद ३१ हजार सहित ट्रफि र प्रमाण पत्र रहेको छ । खेलमा दैनिक म्यान अफ द म्याच र विधागत उत्कृष्ट तथा सर्वोत्कृष्ट खेलाडीलाई नगद सहित ट्रफि प्राप्त गर्नेछन् । खेल आइसिसीको नियम अनुसार हुनेछ । 

प्रतियोगितामा आयोजक  वराहक्षेत्र क्रिकेट क्लब  सहित सुन्दर हरैचा मोरङ , मिल्स क्रिकेट विराटनगर , ए.एस. स्पोट विराटनगर , इटहरी आदर्श जाईन्ट्स , फूलबारी क्रिकेट क्लब इनरुवा ,तरहरा क्रिकेट इटहरी र युनाईटेड धरानले सहभागिता जनाउने आयोजक क्लबका सचिव धनाहाङ्ग सुब्बाले बताए ।
वराहक्षेत्र नगरपालिकामा पहिलो पटक गत वर्षबाट सुरु भएको प्रतियोगिताको नारा " नेपालीको शान , खेलाडी उत्पादन गर्ने हाम्रो अभियान " रहेको छ ।