इटहरी : इटहरी उपमहानगरपालिका भित्रका सम्पूर्ण सार्वजनिक तथा संस्थागत विद्यालयलाई तीन दिनको लागी बिदा दिइएको छ । शितलहर बढेसँगै मीन पचास बिदाबाट कट्टा हुने गरी सम्पूर्ण विद्यालयहरू बन्द गर्न लागिएको हो ।

शिक्षा शाखा प्रमुख रमेशकुमार शाहले सूचना प्रकाशित गर्दै पौष १६ देखी १८ गतेसम्म विद्यालय बन्द गर्न आग्रह गरेका छन् । उक्त ३ दिनमा कुनैपनी शैक्षिक गतिविधि नगर्ने समेत उनले जानकारी गराए ।

इटहरी लगायत आसपासका क्षेत्रहरूमा विगत दुई दिन देखी अत्यधिक जाडो बढेको छ । मङ्लबार देखी शितलहर नै सुरु भएपछि उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने सूचना प्रकाशित गरेको हो ।

त्यस्तै इनरुवा नगरपालिकाले पनि १६ देखी १८ गतेसम्म नै विद्यालय बन्द गर्न आग्रह गरेको छ । शितलहरले बालबालिकालाई असर पुग्ने भन्दै घरैमा न्यानो अवस्थामा राख्न सुझाव दिएको छ ।

itahari