धरान  : डिपो माध्यमिक विद्यालयद्वारा सञ्चालित पहिलो यु १२ अन्तर स्कुल फुटबल प्रतियोगिताको २०औँ संस्करणको ललित अम्बर फुटबल कप २०८२, दिलकुमार प्लेट च्याम्पियनसिप प्रतियोगितामा क्वाटर फाइनल खेलमा हिमशिखर,प्रभात सेमिफाइनल प्रवेश गरेका छन् ।

डिपोको खेलमैदानमा सोमबार भएको पहिलो क्वाटर फाइनल खेलमा हिमशिखर इङ्लिस बोर्डिङ स्कुलले माउन्ट हर्मन एकेडेमीलाई टाइ ब्रेकरमा ३–२ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइ ब्रेकरमा पुगेको हो।

दोस्रो खेलमा प्रभात इङ्लिस बोर्डिङ स्कुलले सिद्धार्थ शिशु सदनलाई १–० गोलले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ। प्रभात स्कुलका सायश शाक्यले निर्णायक गोल गरेका थिए।

डिपो कप अन्तर्गतको पहिलो क्वाटर फाइनलमा नेपाल पुलिस स्कुलले इम्मानुयल इङ्लिस बोर्डिङ स्कुललाई १–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। पुलिसका विनायक निरौलाले मध्यान्तरपछिको अन्तिम समयमा १ गोल गरेका थिए।

त्यसै गरी दोस्रो क्वाटर फाइनलमा धरान इङ्लिस बोर्डिङ स्कुलले लिगामेन्ट इङ्लिस बोर्डिङ स्कुललाई टाइ ब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा सकिएको थियो।

प्रतियोगिताअन्तर्गत भोलि तीन सेमिफाइनल खेल हुनेछन्। प्लेट च्याम्पियनसिपको सेमिफाइनलमा हिमशिखर इङ्लिस बोर्डिङ स्कुल, इटहरी र जोलसाया एकेडेमी, धरान–११ भिड्नेछन्।

डिपो कपको पहिलो सेमिफाइनलमा डिपो सेकेन्डरी स्कुल र नेपाल पुलिस स्कुल, तथा दोस्रो सेमिफाइनलमा धरान इङ्लिस बोर्डिङ स्कुल, धरान–५ र आइडल इङ्लिस बोर्डिङ स्कुल, धरान–१४ आमने सामने हुनेछन्।

डिपो माध्यमिक विद्यालयका व्यवस्थापन समिति पूर्व अध्यक्ष ललितबहादुर लिम्बू र हालका अध्यक्ष अम्बरबहादुर लिम्बूको नामबाट प्रतियोगिताको नामकरण गरिएको हो ।

प्रतियोगिताको विजेता विद्यालयले रनिङ शिल्डसहित नगद ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।उपविजेता विद्यालयले शिल्डसहित नगद ७ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । तेस्रो हुने विद्यालयले शिल्डसहित नगद ३ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ । यसै गरी पराजित विद्यालयबिच हुने दिलकुमार प्लेट च्याम्पियनसिपका विजेताले नगद ३ हजार १११ रुपैयाँ तथा उपविजेताले नगद २ हजार १११ रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

डिपो माध्यमिक विद्यालयका पूर्व अध्यक्ष ललितबहादुर लिम्बू र वर्तमान अध्यक्ष अम्बरबहादुर लिम्बूको नामबाट नामकरण गरिएको प्रतियोगितामा विजेता, उपविजेता तथा प्लेट च्याम्पियन टोलीलाई नगदसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

depot-1 3