धरान : डिपो माध्यमिक विद्यालयद्वारा सञ्चालित पहिलो यु–१२ अन्तर स्कुल फुटबल प्रतियोगिताको २० औँ संस्करणको ललित अम्बर फुटबल कप २०८२,दिलकुमार प्लेट च्याम्पियनसिप प्रतियोगितामा नेपाल पुलिस स्कुल,लिगामेन्ट इङ्लिस बोर्डिङ स्कुल,इम्मानुएल इङ्लिस बोर्डिङ स्कुल,देउराली इङ्लिस बोर्डिङ स्कुल  विजयी भएका छन ।

शनिबार भएको  तेस्रो दिनको खेलमा ४ खेल सम्पन्न भएका छन्। तेस्रो दिनको पहिलो खेलमा नेपाल पुलिस स्कुलले हिमशिखर बोर्डिङ स्कुललाई ६–० गोल ले पराजित गर्दे  नेपाल पुलिस स्कुल बिजयी भएको छ।नेपाललमा पुलिसको तर्फबाट सौगता श्रेष्ठले २ गोल, विनायक निरौलाले २ गोल र  भैरव प्रधानले २ गोल गरेका थिए ।  खेलमा म्यान अफ द म्याच पुलिसका सौगात श्रेष्ठ भएका थिए । 

दोस्रो खेलमा लिगामेन्ट इङ्लिस बोर्डिङ स्कुलले माउन्ट हर्मनलाई सडन डेथमा पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनायो। माउन्ट हर्मनका युसन विक म्यान अफ द म्याच घोषित भए।

तेस्रो खेलमा इम्मानुएल इङ्लिस बोर्डिङ स्कुलले प्रभात इङ्लिस बोर्डिङ स्कुललाई ३-१ ले हरायो। कबिर सहनीले २ र ओस्कार विकले १ गोल गरे।

अन्तिम खेलमा देउराली इङ्लिस बोर्डिङ स्कुलले युनाइटेड गोर्खा एकाडेमीलाई ४–० ले पराजित गर्‍यो। क्रिस लिम्बूले ह्याट्रिक गर्दै म्यान अफ द म्याच बने।आज सम्म चार खेलसँगै नकआउट चरण सकिएको छ। भोलिदेखि प्लेट च्याम्पियनसिप र क्वाटर फाइनल खेल सुरु हुने आयोजकले जनाएको छ।आज सम्पन्न चार खेलसँगै प्रतियोगिताको नकआउट चरणको पहिलो राउण्ड सम्पन्न भएको छ। भोलिदेखि क्वाटर फाइनल खेलहरू सुरु हुने आयोजकले जानकारी दिएका छन्।

कक्षा ५ सम्मका १२ वर्षमुनिका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा १६ विद्यालय सहभागी छन्। भोलि हुने चार खेलमध्ये पहिलो दुई खेल लेट दिलकुमार प्लेट च्याम्पियनसिप कप–२०८२ अन्तर्गत हुनेछन् भने दुई खेल पहिलो क्वाटर फाइनलका लागि हुनेछन्।

प्लेट च्याम्पियनतर्फ भोलिको पहिलो खेल जोलसाया एकाडेमी, धरान–११ र एप्पल मन्टेश्वरी, धरान–११ बीच हुनेछ। दोस्रो खेल सिद्धार्थ शिशु सदन, धरान–१६ र समिट सेकेन्डरी बोर्डिङ स्कुल, धरान–९ बीच हुने आयोजकले जनाएको छ।

यसैगरी क्वाटर फाइनल अन्तर्गत कार्मेल हाई स्कुल, धरान–१८ र आयोजक डिपो मावि, धरान–१८ तथा नोबेल एकाडेमी, धरान–११ र आइडल इङ्लिस बोर्डिङ स्कुल, धरान–१४ बीच प्रतिस्पर्धा हुनेछ।

डिपो माध्यमिक विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष ललितबहादुर लिम्बू र हालका अध्यक्ष अम्बरबहादुर लिम्बूको नामबाट प्रतियोगिताको नामकरण गरिएको हो। प्रतियोगिताको विजेताले रनिङ शिल्डसहित नगद ११ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले शिल्डसहित नगद ७ हजार १ सय ११ रुपैयाँ तथा तेस्रो हुने विद्यालयले नगद ३ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यसैगरी दिलकुमार प्लेट च्याम्पियनसिपतर्फ विजेताले नगद ३ हजार १ सय ११ रुपैयाँ र उपविजेताले नगद २ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

depot-man-of-the-match