धरान : आदिवासी जनजातिको पर्व उधाैली चासोक तङनाम नजिकिएको अवसरमा मोरङको उर्लाबारी-९ आम्बारी चासोक स्थलमा परिवारको सम्झनामा सिलाम साक्माको पक्की प्रतीक स्थापना गरिएको छ ।
स्वर्गीय लक्ष्मीमाया हुक्पाचोङबाङ थक्लुङको स्मृतिमा उनको परिवारले साढे ३ लाख लागतमा सिलाम साक्माको पक्की प्रतीक निर्माण गरिएका हुन । नवनिर्मित सिलाम साक्माको प्रतीक आइतबार अनावरण गरी किराँत याक्थुङ चुम्लुङ उर्लाबारी नगर शाखालाई हस्तान्तरण गरिएको हो ।
लक्ष्मीमायाका छोरा सुमन थक्लुङले लिम्बु संस्कृतिमा लगाव राख्ने आमाको स्मृतिमा सिलाम साक्माको प्रतीक स्थापना गरिएको बताए । चुम्लुङ अध्यक्ष बानु सुब्बाले नयाँ पुस्तामा सांस्कृतिक इतिहास पुस्तान्तरण गर्न सिलाम साक्माको प्रतिकले प्रेरणा दिने बताए ।
हस्तान्तरण कार्यक्रममा स्वर्गीय लक्ष्मीमायाका श्रीमान् धर्महाङ थक्लुङ उपस्थित थिए । सञ्चालन रबी मादेनले गरेका थिए । ६७ लक्ष्मीमायाको ६७ वर्षको उमेरमा २०७६ भदौ २७ गते निधन भएको थियो ।