धरान: दक्षिण कोरियामा कार्यरत विदेश राईलाई त्यहाँ अलपत्र परेका,काम नपाएका नेपाली युवाहरूलाई सहयोग र खेलकुद सञ्चालन गरेर आपसी सद्भाव बढाउँदै आएका फोकस क्लब धरान–१६ ले आज आइतबार सम्मानित गरेको छ ।

गत: १० वर्ष देखी दक्षिण कोरियामा रहका राईले नेपालीलाई सहयोग गर्न आवास गृह स्थापना गरेर सेवाका कार्य गर्दै आएका छन् । उनले त्यहाँ कार्यरत नेपाली युवाहरू बिच सद्भाव बढाउन फुटबल खेल पनि सञ्चालन गर्दै आएका छन् ।

उनी फोकस क्लबका सल्लाहकार,धनकुटा सेवा समाज दक्षिण कोरियाका अध्यक्ष अध्यक्ष पनि हुन । सोही अवसरमा क्लब सदस्य लक्ष्मी याक्खालाई सम्मान गरिएको छ । नेपाल बसाई सकेर कोरिया फर्कन लागेको दुवैलाई क्लबले विदाई समेत गरेको हो ।

अध्यक्ष दिलीप भुजेल र उपाध्यक्ष मञ्जु उदासले दुबैलाई मायाको चिनो र सम्मान पत्र प्रदान गरे । सचिव उमेश जिमिले विदेशमा व्यवसायसँगै समाज सेवाको उदाहरणीय कार्यको उच्च गर्दै सम्मान गरिएको बताए ।

कार्यक्रममा धरान–१६ का जनप्रतिनिधि भीम सुब्बा, वडा ५ का सदस्य विजय राई, सल्लाहकार विकास मगर, देवराज अधिकारी लगायतको उपस्थिति थियो ।

club