काठमाडौँ : एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बन्ने भएको छ ।

सोमबारदेखि कीर्तिपुरस्थित क्रिकेट रङ्गशालामा सुरु हुने एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बन्ने भएको हो ।

आइतबार एक कार्यक्रम गरेर क्लबका सीइओ रविन श्रेष्ठ र क्रिकेट एशोशिएसनका सचिव पारस खड्काले सम्झौता गरेका हुन् ।

एनपीएलको खेल अवधिभर मनोरञ्जन पार्टनर बनेको क्लबका सिइओ श्रेष्ठले जानकारी दिए । उनका अनुसार खेल भइरहेको समय क्लबका डिजेहरूले 'म्युजिक' प्ले गर्ने छन् । क्लबले क्रिकेट रङ्गशालामा क्याबिन म्युजिक प्ले गर्ने छन् ।

'प्रत्येक खेलका खेलाडीहरूलाई विशेष कार्यक्रम गरेर क्लबमा स्वागत गरिन्छ,' उनले भने,' खेलमा सहभागी खेलाडी र खेल हेर्न आएका दर्शकलाई मनोरञ्जन गर्नु क्लबले जिम्मेवारी पाएको छ ।'

उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज भिड्ने छन्। एनपीएलका ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा हुनेछ।

बाँकी ९ खेल दिनमा हुनेछन्। लिग चरणका २८ खेल भने डे नाइटमा हुनेछ। ठमेलमा रहेको एलओडी क्लब विश्वकै ४४ औँ स्थानमा रहेको छ ।