धरान : सङ्खुवासभाको खाँदवारी-९ का ५५ वर्षीय कर्णबहादुर कुमालको हत्यामा संलग्न रहेको अभियोगमा सोही वडाका २६ वर्षीय विक्रम कुमाललाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
गत कार्तिक ४ गते साँझ विक्रमले आफ्नै घर नजिकै कर्णलाई पुरानो रिसिइबीको कारण खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
हत्यामा संलग्न विक्रम कुमाललाई खुकुरी सहित नियन्त्रणमा लिई थप अनुसन्धान गरी रहेको छ ।
घटनाबारेमा जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा र विमानस्थल सुरक्षा गार्ड तुम्लिङटारको प्रहरी टोलीले घटनास्थल पुगेको थियो ।
मृतक कुमालको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल खाँदबारी सङ्खुवासभा पठाएको छ । हत्यामा संलग्न विक्रम कुमाललाई खुकुरी सहित नियन्त्रणमा लिई थप अनुसन्धान गरी रहेको छ ।


































































