धरान : जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानमा नयाँ प्रमुखका रूपमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनिल माबोहाङ आउने भएका छन् । हाल कार्यरत इन्स्पेक्टर वीरेन्द्र सिंह थापाको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सरुवा भएको हो ।
प्रहरी प्रधान कार्यालयले देशभरका ६६५ इन्स्पेक्टरहरूको सरुवा गरेको छ । असोज २८ गते प्रहरी महानिरीक्षकको निर्णयअनुसार, सरुवा भएकाहरूले कात्तिक महिनादेखि नयाँ दरबन्दीबाट तलव र भत्ता पाउने व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।
थापाले धरानमा कार्यरत रहँदा सडक दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन सुधार र जनचेतना अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।