सुनसरी : ज्यान मार्ने उद्योगमा फरार नेकपा एमाले सुनसरीका सदस्य महेश चौधरी पक्राउ परेका छन् ।

इटहरी उप-महानगरपालिकाका कर्मचारी समेत रहेका चौधरीलाई ज्यान मार्ने कसुरमा पक्राउ गरी ४ दिनको म्याद थप गरिएको हो । इटहरी ७ का राज कटुवालमाथि भदौ ६ गते घरमै आक्रमण गरी गम्भीर घाइते बनाएको आरोप चौधरी माथि छ ।

कटवालको जाहेरीका आधारमा यसअघि नै पक्राउ परेका शिवु चौधरी भने जेनजी आन्दोलनको क्रममा फरार भएका छन् । इटहरी उपमहानगरपालिकाको कर्मचारी र एमाले नेता भएको कारण पक्राउ नपरेका उनलाई नयाँ प्रहरी प्रमुख आएपछि पक्राउ गरिएको हो ।

पक्राउ पुर्जी जारी भए पनि घरैमा बस्दै आएका चौधरीलाई इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी सुवास हमालको नेतृत्वमा पक्राउ गरिएको छ । हाल चौधरी जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा छन् ।