इटहरी : सुनसरीको रामधुनी नगरपालिका-२ मा एक जना व्यक्ति मृत फेला परेका छन् । स्थानीय सिटी सफारी चालक ४७ वर्षीय दिनेशकुमार चौधरी छातीमा गहिरो चोट लागेको अवस्थामा मृत भेटिएका हुन् ।
इलाका प्रहरी कार्यालय पकलीका प्रमुख प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार गोली हानी हत्या भएको आशङ्का गरिएको छ । शनिवार साँझको समयमा मृतकको बारेमा जानकारी प्राप्त भएको र थप अनुसन्धान भइरहेको उनले बताए ।
मृतक चौधरीको शव पोस्टमार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । स्थानीयका अनुसार तिन जनाको समूहले चौधरीलाई गोली हानेर भागेका हुन् ।