धरान : सञ्चारकर्मी स्नेहा श्रेष्ठलाई चन्द्रकुमारी प्रधान स्मृति प्रतिष्ठानले प्रदान गर्दै आएको टङ्क बहादुर प्रधान पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सोही अवसरमा सामुदायिक विद्यालयका ४ जना विद्यार्थीले नगद छात्रवृत्ति वितरण गरिएको छ ।
सिद्धि नेवा: परिषदमा शुक्रवार आयोजित कार्यक्रममा वीपी प्रतिष्ठानका उपकुलपति प्राडा.विक्रम प्रसाद प्रधानलाई धरानको स्वास्थ्य र सामाजिक क्षेत्रमा योगदान गरेकामा विशेष सम्मान गरिएको छ ।
सम्मानित पुरस्कृतहरूलाई प्रमुख अतिथि भाषाविद् प्राडा टङ्कप्रसाद न्यौपानेले दोसल्ला ओढाई प्रमाणपत्र प्रदान गरे । प्रतिष्ठान धरान-१ का महेश प्रधान र श्रीमती अन्जु प्रधानले आमा बाबुको स्मृतिमा स्थापना गरेका हुन ।
प्रतिष्ठानले धरान-८ ल्यावोरेटरी स्कुल कक्षा ११ की छात्रा सुस्मिता तामाङ, धरान-१५ शिक्षा सदन कक्षा ११ की छात्रा लक्ष्मी माझी, धरान १७ ज्वालामुखी मावि कक्षा ११ की छात्रा सोनिया राई, धरान १२ पब्लिक हाई स्कुल कक्षा ११ की छात्रा सन्याम विष्टलाई जनही नगद ७/७ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ ।
स्पाइनल कर्डका बिरामी पुण्यप्रसाद प्याकुरेलकी छोरी एरुसा र छोरा आयुषलाई शैक्षिक सामाग्रीको लागि नगद ५ हजार ५०० प्रदान गरियो छ । धरान १ सरस्वती आधारभूत विद्यालयलाई ६ बटा कम्प्युटर टेबुल प्रदान गरियो । धरान १५ ङाग्युुर डाल्मा छ्योलिङ गुम्बा भवन निर्माणार्थ १५ हजार ५०० सय सहयोग प्रदान गरियो ।
पत्रकारिता क्षेत्रमा क्रियाशील सञ्चारकर्मी स्नेहा श्रेष्ठलाई ७ हजार नगद पुरस्कार सहित दोसल्ला ओढाएर सम्मानित गरिएको हो । उक्त अवसरमा प्रमुख अतिथि न्यौपानेले प्रतिष्ठानको सामाजिक कार्य उदाहरणीय रहेको बताए ।
कार्यक्रममा सिद्धि नेवा: परिषद्का अध्यक्ष गोकुल प्रसाद श्रेष्ठ, नेवा: देय दवु कोशी प्रदेश वरिष्ठ उपाध्यक्ष वसन्त कुमार श्रेष्ठ, केदार कुमार श्रेष्ठ उपस्थित थिए ।


































































