धरान : नेपाली सेना, जङ्गी अड्डाले आज शुक्रवार साँझ अपिल जारी गर्दै सञ्चार माध्यम लगायत सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई नेपाली सेना सम्बन्धी जानकारी लिनकालागि जनसम्पर्क तथा सूचना निर्देशनालय सँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गरिदिन अपिल गरेको छ ।
अपिलमा हालको संवेदनशील अवस्थामा सञ्चार माध्यमहरू र सामाजिक सञ्जालमार्फत सेनलाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी र धारणाहरू सम्प्रेषण भएकोमा ध्यानाकर्षण भएको जनाउँदै उक्त अपिल गरिएको हो ।
अपिलमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै आएको तथ्य जानकारी गराएको छ । त्यस बाहेकका टिका टिप्पणीहरू अनधिकृत भएको कुरा अपिलले स्पष्ट गरेको हो।
अपिलमा भनिएको छ ‘तसर्थ नेपाली सेना सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गरिदिनुहुन आम जनसमुदायमा नेपाली सेना हार्दिक अपिल गर्दछ ।’
अपिलको पूर्ण विवरण :









































































